राजनीतिक नेतृत्वले सचिवहरुलाई पंगु बनायोः सांसद सिंह

काठमाडाैँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पछिल्लो समय मुलुकमा राजनीतिक नेतृत्वले नै कर्मचारीलाई पंगु बनाएको बताउनुभएको छ ।

शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा कर्मचारीलाई राजनीतिक नेतृत्वले बिगारेको बताउनु भयो । उहाँकाअनुसार अहिले सचिवहरुले मन्त्रीको भनेको बाहेक अरु केही काम नै गर्दैनन् भने मन्त्रीको क्वाटर क्वाटरमा सचिवहरु धाउने प्रवृत्ति मौलाएको छ । सांसद सिंहले देश र व्यवस्था बचाउने जिम्मा कर्मचारीतन्त्रको आएका कारण मन्त्रीको ‘गोटी’ नबन्न आग्रह गर्नुभयो । 

सांसद सिंहकाअनुसार अहिले मुलुकमा मिलेमत्तोमा भ्रष्टाचार बढेको छ । जसकारण प्रत्येक वर्ष बेरुजु मौलाएको छ । नेपालमा जति लुट अहिले दुनियाँमा अन्त्य कही नरहेको समेत उहाँले ठोकुवा गर्नुभयो । सांसद सिंहकाअनुसार प्रदेश भ्रष्टाचारका अखडा बनेका छन् । साधारण खर्चमा एशिया टपमा नेपाल पर्न थालेको छ । मुलुकमा जति भ्रष्टाचार बेथिति बढ्छ, झनै देश छाड्नेहरु बढ्ने उहाँको भनाइ रहेको छ ।

Amresh Singh 1741257791

August 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको