भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो भएको छः सांसद गौतम

नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले नेपालमा भ्रष्टाचार नै नेपालको संस्कृतिजस्तो भएको बताउनुभएको छ ।

शुक्रवार सार्वजानिक लेखा समितिको बैठकमा भएको बेरुजुसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाम्रो अहिलेको प्रणाली नै भ्रष्ट भएको बताउनु भयो । भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो विकास भएको उहाँको भनाई छ । उहाँल भ्रष्टाचार अन्त्य गर्न मुलुकलाई पेपरलेस र फेसलेस प्रणालीमा लैजानुपर्नेमा जोड दिनुभयो । उच्चतम प्रविधिको प्रयोग गरेर देशलाई पेपरलेस र फेसलेस प्रणालीमा नलगेसम्म भ्रष्टाचार अन्त्य नहुने उहाँको दाबी छ । हाल पारर्दशिता नै सबैभन्दा ठूलो समस्या रहेको र त्यो नै भ्रष्टाचारको मूल कारण रहेको उहाँको भनाई छ । सार्वजानिक लेखा समितिले पनि सरकारलाई पेपरलेस र फेसलेस सिष्टममा मुलुकलाई लैजान तत्काल निर्देशन दिनुपर्ने उहाँले आवश्यकता आंैल्याउनु भयो ।

बैठकमा सांसद गौतमले बेरुजू फछ्र्यौटलाई सबै मिलेर तिब्रता दिनुपर्ने बताउनु भयो । बेरुजु असुल उपर नियमित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

Sanjay Gautam

August 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको