३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइयो

काठमाडौँ । ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ।

शनिबार काठमाडौंसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् । राष्ट्रिय सभा गृहमा आयोजित मूल समारोह शुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ।

भृकुटी मण्डपबाट शुरु भएको झाँकी टुँडिखेल परिक्रमा गर्दै सभागृह पुगेर कार्यक्रमस्थल जानेछ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो।

1754726010 Jq7bv

August 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको