विकास गाउँसम्म पुग्यो तर उपयोग गर्ने मान्छे छैनन्ः पूर्वअध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्बर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताउनुभएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले समस्या देखाउने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरुलाई आग्रह गर्नुभएको हो । गाउँघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको तर त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरुसँग आग्रह गर्नुभएको हो ।

तीन वटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको बताउँदै उहाँले हाल गाउँमा विकास भएपनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताउनु भयो । गाउँमा विकास पुगेपनि मान्छेहरु भने शहर केन्द्रित भएको उहाँको भनाइ छ । सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

Ganesh Timelsina

August 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको