प्रतिताेला एक हजार १०० ले घट्याे सुनकाे मूल्य

काठमाडौँ । साेमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । सुन आज प्रतिताेला एक हजार १०० ले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन आज १ लाख ९८ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ।

यस्तै चाँदीको मूल्य पनि केही घटेको छ। आइतबार तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैंयाँ घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Gold

August 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको