विवादित विधेयक सदनमा नल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलल विवादित विधेयकहरु संसदमा नल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, संघीय निजामति विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने उहाँको भनाइ छ । उहाँले सहिदको बलिदानबाट प्राप्त व्यवस्थामाथि छलछाम र षड्यन्त्र गर्न नहुने भन्दै राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकमा फोन, म्यासेज र संवाद ट्यापिङको व्यवस्था नागरिकको गोपनीयतामाथि गम्भीर आघात हुने बताउनु भयो ।

उहाँले कानून निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

1755074503 6p4ph

August 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको