काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरु संशोधन भएको बताउनुभएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसले देशमा सुशासन प्रवर्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताउनु भयो ।
आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरु ल्याएको प्रधानमन्त्रीको दाबी छ । यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको बताउँदै उहाँले अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको बताउनु भयो ।
गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहेको बताउनु भयो । सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको बताउनु भयो ।

August 13, 2025, Jyotishsanchar press

