काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताउनु भएको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानूनी प्रावधानको आफ्नो पार्टीले विरोध गर्ने उहाँको भनाइ छ । शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रश्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।

August 14, 2025, Jyotishsanchar press

