दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुग्नुभएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहान ९ बजे काठमाडौं ओर्लिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रश्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिश्री नेपाल आउनुभएको बताइएको छ। नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

1755402018 1d62r

August 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको