युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Uae Bmlxlnimjf

August 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको