काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४० रूपैयाँ ३९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६३ रूपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रूपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४५ पैसा र बिक्रीदर १९० रूपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रूपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ १५ पैसा र बिक्रीदर १०१ रूपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १९ रूपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३१ पैसा र बिक्रीदर चार रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०६ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४ रूपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९२ पैसा र बिक्रीदर २२ रूपैयाँ ०२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १७ रूपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४५९ रूपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रूपैयाँ १२ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

August 18, 2025, Jyotishsanchar press

