काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा साेमबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँ पुगेको हो, जसमा ५ रुपैयाँको बृद्धि भएको छ।

August 18, 2025, Jyotishsanchar press

