अदालतको आदेशबिरुद्ध जसपा कार्यकर्ता सडकमा

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुने गरी सर्वोच्च अदालतले गौरहत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको छ।

जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छ। मधेस आन्दोलनका उपलब्धीहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको भन्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले मधेश आन्दोलनका उपलब्धिहरुलाई तेजोबोध गर्ने उद्देश्यले यस प्रकारको परमादेश दिएकाले आफूहरुलाई आन्दोलित हुनु परेको जसपा नेपाल मधेसका अध्यक्ष बालकिशोर यादवले बताउनुभयो । उनले नेपालको अदालत पक्षपाती भएको आरोप लगाउनु भयो। यस प्रकारको परमादेशले मधेसमा फेरी आन्दोलन उठ्ने चेतावनी दिनुभयो ।

सर्वोच्च अदालतले साेमबार १९ वर्ष अघि भएको गौरहत्याकाण्डको अनुसन्धान अगाडि बढाउन परमादेश दिएको थियो । त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यो परमादेश गरेको हो।

सर्वोच्चका न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त हत्याकाण्डको छानबिन गर्न सरकारसहित गौर प्रहरी र रौतहट जिल्ला वकिलको कार्यालयका नाममा परमादेश जारी गरेको छ। गौर हत्याकाण्ड हुँदा हालका जसपा अध्यक्ष उपेन्द यादव मधेस आन्दोलनको नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरमको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो।

1755528571 Me3ei

August 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको