जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे

काठमाडाैँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित नरहने बताउनुभएको छ ।

हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनु भयो । उहाँले यो काम मुलतः सरकारको भएपनि विधायनका हैसियतमा धेरै कामहरु गर्न सकिने बताउनु भयो । सांसदहरु वैज्ञानिक नभए पनि जलवायु अनुकुलनका लागि बजेट पारित गर्न सक्ने र इन्जिनियर नभएपनि इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्ने बताउनु भयो । सांसदहरुले किसान, मछुवारका लागि आवाज उठाउनसक्ने, जागरण पैदा गर्नसक्ने, विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरुको पीडा कम गर्नसक्ने बताउनु भयो ।

सभामुख घिमिरेले वन जंगल र हिमताल जोगाउने कानून पारित गर्न आह्वान गर्नुभयो ।

1755590467 Rh9s9

August 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको