बुधबार सुनको मूल्य १ हजार ६ सय घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हाे ।

मंगलबार प्रतितोला एक लाख ९५ हजार एक सय रुपैंयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपैंयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने बुधबार ४५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला दुई हजार तीन सय रुपैंयाँमा कारोबार भएको चाँदी घटेर बुधबार दुई हजार २५५ रुपैयाँमा कारोबार भएको छ ।

Gold

August 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको