काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे बस्नेछ।
सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने उक्त समितिको बैठकमा “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक” सम्बन्धमा छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे बस्नेछ । सिंहदरबारमै बस्ने बैठकले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्नेछ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ११६औँ बैठक पनि आज बिहान ११ बजे सिंहदरबार संसद भवन नम्बर २ को चौथो तल्ला, कोठा नम्बर ५१४ मा बस्नेछ। बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी दफावार छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

August 21, 2025, Jyotishsanchar press

