खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको पूर्वराष्ट्रपति भण्डारीकाे दाबी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताउनुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । खुट्टाले टेकेर हिँड्नु पर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उहाँको टिप्पणी छ। आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गर्दै उहाँले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजीवाद फस्टाइरहेको बताउनु भयो ।

राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिती बनेको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले युवाहरुलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताउनु भयो । नवपुस्ताहरुको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने उहाँकाे भनाइ थियाे ।

Bidhya Bhandari

August 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको