सङ्घीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दैछन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । यस्तै राष्ट्रियसभाको बैठक भने दिउँसो १२ः१५ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभामा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। साथै गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव ल्याउनेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नेछिन्। त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्नेछन्।

Samsad

August 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको