प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडाैं । वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।

सभाको शुक्रबारको बैठकबाट विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुकाे जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकले नेपालको पूर्वाधार विकासका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । विधेयकले ऐनको रुप लिएसँगै आवश्यक कार्यान्वयन गर्ने सोचका साथ सरकार तयारी अवस्थामा रहेको पनि उहाँले जिकिर गर्नुभयो । अब कुनैपनि विकासका आयोजनाहरु स्रोतको अभावमा नरोकिने उहाँको दाबी छ ।

निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न र वर्तमान वित्तीय स्रोतको कमी पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रवन्ध गर्न विधेयक ल्याइएको उहाँको भनाइ छ । ऋणपत्र, स्वपूँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नको लागि आवश्यक भएकोले यो विधेयक ल्याइएको उहाँको भनाइ छ ।

Samsad Meeting

August 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको