तीस वर्षमा माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्युः गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ सालको असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताउनुभएको छ।

राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यसबारे जानकारी गराउनुभएको हो । मन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते हुनुभएको बताउनु भयो । द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरुका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरुलाई प्रतिशतका दरले मासिकरुपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आइएको छ।

गृहमन्त्री लेखकले परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको बताउनु भयो ।

1754894819 Nmfdu

August 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको