आइतबार सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौं । आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार शुक्रबार बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य ४० रुपैयाँले बढेको हाे । चाँदी आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

Gold

August 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको