आज २१.३० अंकले बढ्याे शेयर बजार, कति भयाे काराेबार ?

काठमाडौं । आज शेयर बजार २१.३० अंकले बढेर २ हजार ७६१.२६ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा आज ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोडमाथिको शेयर कारोबार भएको छ।

आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, विकास हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले आज सर्वाधिक ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको २० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Share

August 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको