काठमाडाैँ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आउने कात्तिक १७ गते नै उपनिर्वाचन हुने जनाएको छ।
यसअघि सर्वोच्चले मनाङ प्रदेश सभा २ बाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा थियो ।
त्यसैले आयोगले रुपन्देही–३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन ।
सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।

August 25, 2025, Jyotishsanchar press

