आज सुनको मूल्य १ हजार ५०० ले बढ्याे

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला एक लाख ९७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य आज ५ रुपैंयाँ बढेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २ हजार ३ सय ६० रूपैयाँ तोकिएको छ।

Gold

August 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको