राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ।

मनोनयनको लागि मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको हाे । संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर उहाँले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँको प्रश्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको छ ।

न्यौपानेको मात्र उम्मेदवारी परेकोले उहाँ समितिको सभापतिमा निर्विरोध चयन हुनुभएको छ । बुधबार बस्ने राज्य व्यवस्था तथा सुशासनको बैठकमा उहाँ सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएको थियो ।

1756206679 Ccomd

August 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको