काठमाडाैं । आज सङ्घीय संसद्का तीन वटा समितिका बैठक बस्दैछन् । विधायन व्यवस्थापन समिति, राज्य व्यवस्था सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायाेजित विधायन समितिको बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपि, समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

August 27, 2025, Jyotishsanchar press

