काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९९ हजारमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने आज १५ रुपैंयाँ घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २ हजार ३ सय ४५ रूपैयाँ तोकिएको छ।

August 27, 2025, Jyotishsanchar press

