काठमाडाैं । कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरुले बुधबार पनि विरोध जनाएका हुन् । भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरु जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गएका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेको आरोप लगाउँदै मेयर साहविरुद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपदेखि कमलादीसम्म र्याली गरेका छन्।
महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरुको आरोप छ। उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

August 27, 2025, Jyotishsanchar press

