आज सुनको मूल्य ४०० ले बढ्याे

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९९ हजार चार सयमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य पनि आज १० रुपैंयाँले बढेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २ हजार ३ सय ५५ रूपैयाँ तोकिएको छ।

Gold

August 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको