ओलीले खुलेरै भने, ‘विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैन’

काठमाडाैं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पार्नुभएको छ।

काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनाउने गल्ती गर्न नहुने बताउनु भयो ।

महाधिवेशनमा जित्दा धेरै राम्रो भएपनि जित्ने आधार नरहेको तर्क गर्दै उहाँले महाधिवेशनमा हारेपछि भीम रावलको तरिकाबाट असन्तुष्ट हुने, खाँबो चिथोर्ने काम गर्न शुरु गर्ने बताउनु भयो । पछि पार्टीले स्पष्टीकरण सोध्दा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुग्नु नहुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गर्नुभयो ।

1717232912 Kp Oli 1200x560 1

August 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको