बाढी पहिरोले देशका ९ सडक पूर्णरुपमा अवरुद्ध : सडक विभाग

काठमाडौँ । अविरल वर्षाले देशभरका विभिन्न ९ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

मुलुकभरका ३७१ सडक खण्डमध्ये २११ सडक खण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मत कार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए ।

विभागका अनुसार असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी, त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड अझैसम्म पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ ।

पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडक खण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।

तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको छ । पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।

Bp Highway Roshi Kavre Sadak Bp 1749453254

August 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको