प्रतिनिधिसभाकाे बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएकाे छ।

बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनुभएकाे हाे । शनिबार चीन भ्रमणमा निस्कन लाग्नुभएका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लाग्नुभएकाे बुझिएकाे छ।

त्यस्तै संसदको आगामी १५ दिनको क्यालेन्डर पनि तय भएको छ । जसअनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने छ । त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ।

त्यस्तै निजामति विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भाद्र १९ गते पारित गर्ने तयारी छ। भाद्र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको छ ।

Samsad Dhwxq1liyl

August 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको