खाेलाले बगाउँदा एक जनाकाे मृत्यु, एक बेपत्ता

पनौती । पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । उता सुनकोशी नदीमा एक जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ भेटिएको तर पहिचान खुल्न सकेको छैन । मृतक बालिकाको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ।

उता दोलालघाटस्थित भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशी नदीले बगाएको हो ।

नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा दर्जीलाई नदीले बगाएको प्रहरीले जनाएकाे छ । दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजीकार्य भइरहेको छ।

Badhi

August 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको