सुनकाे मूल्य हालसम्मकै उच्चविन्दुमा

काठमाडौं । सुनकाे मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेकाे छ । आज प्रतिताेला २ लाख ६०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य बिहीबारकाे तुलनामा १ हजार २०० ले बढी हाे ।

आज चाँदीकाे मूल्य पनि सामान्य बृद्धि भएकाे छ । चाँदी ५ रुपैंयाँले बढ्दै आज २ हजार ३६० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

Gold

August 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको