प्रतिनिधि सभाबाट भूमीसम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभाबाट ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ पारित भएको छ।

शुक्रबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ पारित गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

यसअघि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन विधेयक ल्याइएको बताउनु भयो । उहाँले विधेयकमा कतैपनि हदबन्दीभन्दा बढी जग्गा दिने भनेर उल्लेख नगरिएको दाबी गर्नुभयो ।

यो विधेयक ऐनमा रुपान्तरित भएपछि भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ । यी ऐनमा संशोधन भएसँगै घरजग्गा व्यवसायीले हदबन्दी छुटमा बनेको आवास बेच्न पाउनेछन् ।

Samsad

August 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको