प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीनको तियानजिनमा हुने सांघाई सहयोग सङ्गठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन उहाँ चीन जान लाग्नुभएको हो ।

हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत प्रधानमन्त्री ओली चीन जाँदै हुनुहुन्छ । उहाँको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजदेखि बुधबारसम्म हुने चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभाकाे बैठकलाई जानकारी गराउनुनभएको थियाे ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित छ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ ।

1717232912 Kp Oli 1200x560 1

August 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको