सप्तकोशी नदीमा पानीको प्रवाह बढ्याे, कोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । आइतबारकाे वर्षाका कारण सप्तकोशी नदीमा जल सतह बढेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएअनुसार आइतबार बेलुकी १० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।

आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो ।

कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

Saptakoshi 1

September 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको