संघीय निजामति सेवा विधेयक-२०८० सर्वसम्मतिले पारित

काठमाडाैं । संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित गरिएको छ।

मंगलबारको राष्ट्रिय सभा बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएकाे थियाे ।

विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री न्यौपानेले संघीयतालाई पूर्णरूपमा कार्यान्वयन गर्न संघीय निजामति सेवा ऐन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशासनिक संघीयता बलियो नगरी संघीयतालाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै उक्त ऐन लागू भएपछि कर्मचारी प्रशासन व्यवस्थित र प्रभावकारी हुने बताउनु भयो ।

Rastriya Sabha Baithak 1

September 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको