प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

काठमाडाैं । भदौ १४ गते चीन गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली चीन गएका थिए ।

त्यसअघि उनी आजै जनवादी गणतन्त्र चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुँदैछन् । जापानी उपनिवेश पराजित भएको ८० औँ वर्षको अवसरमा चीनले आयोजना गर्न लागेकाे सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन्।

यो सैन्य परेडमा प्रधानमन्त्री ओलीसहित उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका नेता सहभागी हुने बताइएको छ।

1717232912 Kp Oli 1200x560 1

September 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको