काठमाडौँ । सुनकाे मूल्यमा आज पनि बृद्धि हुँदै हालसम्मकै उच्चविन्दुमा पुगेकाे छ।
सुन आज प्रतिताेला २ लाख ७ हजार ९०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। याे मूल्य मंगलबारकाे तुलनामा २ हजारले बढी हाे ।
आज चाँदीकाे मूल्य भने सामान्य घटेकाे छ । चाँदी ५ रुपैंयाँले घट्दै आज २ हजार ४८० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

September 3, 2025, Jyotishsanchar press

