बनेपामा बजार अनुगमन

बनेपा । चाडपर्व नजिकिँदै गर्दा जिल्ला स्तरीय अनुगमन समिति काभ्रेले बजार अनुगमनलाई तिव्रता दिएकाे छ।

बुधबार समितिकाे आयोजनामा बनेपामा बजार अनुगमन गरिएकाे हाे । जिल्ला प्रशासन कार्यालय काभ्रे, उद्योग वाणिज्य कार्यालय, धुलिखेल, बनेपा नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला समन्वय समिति र काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा बनेपामा बजार अनुगमन गरिएकाे हाे ।

विशेषगरि मसला, मिठाई, खाद्यान्न र किराना पसलहरुको अनुगमन गरिएको बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकाेटाले जानकारी दिनुभयाे । अनुगमनका क्रममा बनेपामा रहेका मसला पसलहरु दर्ता बिना सञ्चालन गरिएको पाइएकाे छ ।

अनुगमनका क्रममा बनेपामा रहेकाे काभ्रे बेकरी, चण्डेश्वरी ड्राई फुड र चण्डेश्वरी मसला तथा किराना पसललाई १० हजारका दरले जरिवाना गरिएको छ ।

Whatsapp Image 2025 09 03 At 15.51.09 1

September 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको