दुई समितिको बैठक आज

काठमाडौँ। राष्ट्रियसभा अन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ।

‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक आज दिउँसाे १२ः३० मा सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्यलगायत विविध विषयमा छलफल हुनेछ।

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ। यो समितिको २९७औँ बैठक हो ।

यस्तै, राष्ट्रियसभा अन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तर्क्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ। याे समितिकाे ३०५औँ बैठक हाे ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

September 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको