सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयकाे पत्रकार महासङ्घकाे आपत्ति

काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले कानुनबमाेजिम सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआएकाे भन्दै आज बन्द गर्ने निर्णय गरेसँगै एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आउने मात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेको भन्दै महासङ्घले आश्चर्यसमेत प्रकट गरेको छ ।

‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने देखिएकाले सरकारी निर्णयप्रति महासङ्घ असहमति जनाउँदछ ।’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

Nepal Patrakar Mahasang

September 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको