काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले आज आफ्नाे स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाएकाे छ।
‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ।
नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लिन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिए । हाल यस सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १ हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र ६ हजार ५८७ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना छ ।

September 4, 2025, Jyotishsanchar press

