२६ सामाजिक सञ्जाल बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न मोबाइल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

बिहीबार दिउँसो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस लगत्तै प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न मोबाइल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको हाे ।

सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म पाँच वटा सामाजिक सञ्जाल मात्रै सूचीकरण भएका थिए । हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ मात्र सूचीकृत भएका छन् ।

टेलिग्राम र ग्लोबल डाइरी सूचीकरण प्रक्रियामा रहेका छन्, जसमा टेलिग्रामले प्रतिबन्ध लगाइएपछि मात्रै सूचीकरणका लागि आवेदन दिएको थियो । यससँगै अब यी सामाजिक सञ्जाल बन्द हुँदैछन् । बन्द हुनेमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक इड, स्न्याप चयाट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, ​​​​​​​सिग्नल, ​​​​​​​थ्रेड, वी च्याट, क्लब हाउस, लाइन र इमो​​​​​​​लगायत रहेका छन् ।

Dursanchar

September 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको