काठमाडौँ । आज सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दैछ । बैठक ५ः१५ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बस्ने तय भएकाे छ ।
बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेकाे छ ।
सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।
समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् ।

September 5, 2025, Jyotishsanchar press

