काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।
प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ। महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् ।

September 5, 2025, Jyotishsanchar press

