सामाजिक सञ्जाल कानुन बमोजिम सञ्चालन हुनुपर्छः धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जालहरु कानुन बमोजिम सञ्चालन हुनुपर्नेमा जाेड दिएका छन्।

आज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको उद्घाटन गर्दै उनले सामाजिक सञ्जालहरु कानुनबमोजिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

‘एउटा चिया पसल दर्ता हुनुपर्ने, संसारभर चल्ने सामाजिक सञ्जाल दर्ता नभए पनि चल्ने यो हुन सक्दैन’, उनले भने, ‘म कानुनमन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुनः सञ्चालनमा आयो ।’ सामाजिक सञ्जाललाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

Dhanraj Gurung.jpg

September 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको