विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे आसन्न महाधिवेशन समय आएपछि हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले यस्ताे बताएका हुन् ।
फरक प्रसंगमा उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।
तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पार्दै सभापति देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको प्रतिक्रिया दिए । वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने उनकाे भनाइ थियाे ।

September 6, 2025, Jyotishsanchar press

