काठमाडौँ । जेन-जीले गरेकाे देशव्यापी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्बाैंकाे भाैतिक तथा थुप्रै मानवीय क्षति भएकाे छ ।
शान्तिपूर्ण प्रदर्शन क्रममा प्रहरीले गोली चलाउँदा याे समाचार तयार पार्दासम्म १४ जनाको मृत्यु भएको छ। दुई सय जनाभन्दा बढी घाइते भएका छन् ।
उपचाररत घाइते मध्ये ट्रमा सेन्टरमा ७ जना, एभरेस्ट हस्पिटलमा ३ जना, सिभिल अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पताल र केएमसीमा १ / १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको हाे ।
तस्बीरः काभ्रेकाे बनेपामा भएकाे प्रदर्शन

September 8, 2025, Jyotishsanchar press

